भारतमा एकाएक भिडभाड बढ्न थालेपछि कोरोना फैलिने संकेत

आजभोलि

काठमाडौं । भारतमा अहिले १ अर्ब ३९ करोड ३९ लाख ७५ हजार हाराकारी जनसंख्या रहेका छन् । अहिले भारतमा कोरोनाभाइरसका कूल संक्रमितको संख्या ३ करोड ९ लाख ८६ हजार ८०३ जना छन् । कुल संक्रमितमध्ये ४ लाख १२ हजार १९ जनाको निधन भैसकेको छ । भारतमा स्वास्थ्य मापदण्ड खुकुलो हुँदै गएकाले यात्रासम्बन्धी अवस्थाप्रति भारतीय चिकित्सकहरूको संस्था मेडिकल एशोसिएसनले (आईएमए)ले कोभिड महामारीको तेस्रो लहर ’अवश्यम्भावी’ रहेको चेतावनी दिएको छ ।

केही समययता भारतका प्रख्यात पर्यटकीय गन्तव्यहरूमा पहिलाको जस्तै मानिसहरूको घुइँचो लाग्न थालेको देखिएको छ । सामाजिक सञ्जालमा देखिएका ती भिडिओमा सार्वजनिक स्थलमा उनीहरूले मास्क लगाएको वा भौतिक दूरी कायम गरेको देखिँदैन । भारतमा गत मे महिनामा कोरोनाभाइरस महामारी उत्कर्षमा पुगेको बेला प्रतिदिन ४ लाख १४ सम्म कोरोना भाइरसका संक्रमितहरू थपिने गरेका थिए ।

तर अहिले दैनिक पुष्टि हुने सङ्क्रमतिको संख्या घटेर ४० हजारभन्दा केही बढी भएको देखिन्छ । राज्य सरकारहरूले लागु गरेको कडा प्रतिबन्धात्मक व्यवस्थाका कारण सङ्क्रमण फैलिने क्रम घटेको थियो । तर अहिले प्रतिबन्धहरू खुकुलो पारिएको छ । भारतमा खोप लगाउन योग्यमध्ये ६ प्रतिशतले मात्रै दुवै मात्रा लगाएको र झन्डै २२ प्रतिशतले एक मात्रा लगाएको अवस्थामा सङ्क्रमितहरूको संख्यामा केही कमी देखिएको भए पनि कोरोनाभाइरसको तेस्रो लहरको जोखिममा हुन सक्ने विज्ञहरूले बताएका छन्

। भारतीय चिकित्सकहरूको प्रतिनिधित्व गर्ने संस्था इन्डियन मेडिकल एसोसिएसनले (आईएमए) सरकार र सर्वसाधारणले दुवै निर्धक्क भएर कोभिड प्रोटोकलको पालना नगरी भिडभाड गरिरहेको देखिनु दुःखद रहेको टिप्पणी गरेको छ । पर्यटकीय चहलपहल, तीर्थयात्रा, धार्मिक गतिविधि सबै आवश्यक भए पनि तिनका केही महिना कुर्न उपयुक्त हुने आईएमएले जनाएको छ ।

कोभिड–१९ को दोस्रो लहरबाट मुक्त हुँदै गर्दा भारतका कैयौँ राज्यमा पर्यटक र धार्मिक कार्यक्रमहरू निर्बाध रूपमा सञ्चालन भइरहेका छन् । तर विज्ञहरू भने त्यसको परिणामबारे चिन्तित छन् । गत एप्रिल महिनामा भारतको हरिद्वारमा लाखौँ मानिसहरू कुम्भमेलामा सहभागी हुन भेला भएका थिए । कैयौँ शहरमा अक्सिजन र अस्पताल शैयाको अभाव देखिएका बेला उक्त कार्यक्रम अघि बढाइएको थियो ।

कुम्भ मेलामा सहभागी भएर आएका कैयौँ मानिसहरू कोभिड–१९ पुष्टि भएको थियो । अहिले भारतको उत्तर प्रदेश राज्यका निकायहरू जुलाई २५ तारिखबाट काँवरिया यात्रा आयोजना गर्ने तयारीमा छन् । भारतको हिमाञ्चल प्रदेशका केही पर्यटकीय स्थलको अबस्था पनि उस्तै देखिएको थियो । बेलायतले १९ जुलाईदेखि कुनै पनि स्वास्थ्य मापदण्ड पालना नपर्ने प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् ।

पहिलेको तुलनामा अहिले कोरोना संख्या बढी रहेको छ । बेलायतका प्रधानमन्त्री जोनसनकोे भनाइबाट स्वास्थ्य क्षेत्रका विज्ञहरु चिन्तित भएका छन् । यता, भारतले प्रतिदिन ४० लाख हाराहारीलाई पोख लगाइरहेको छ । । तर, यस वर्षको अन्त्यसम्ममा १८ वर्षमाथिका सबैलाई खोप लगाउने भारतको लक्ष्य अनुसार दैनिक कम्तिमा ८० देखि ९० लाख नागरिकलाई खोप लगाउउनुपर्ने देखिन्छ ।

  • ३१ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !