जनताको ढाड सेक्नेगरी सार्वजनिक यातायातमा भाडा बढाएर केपी सरकार विदा

आजभोलि

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको ढाड सेक्नेगरी सार्वजनिक यातायातमा भाडा बृद्धि गरेर बाहिएको छ । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा भाडा बढाएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा भाडा बढेको एक सूचना जारी गर्दै जनाएको हो ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लामो दुरीमा चल्ने सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा बृद्धिगरेको छ । दुई वा दुईभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाएको यातायात व्यवस्था विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लामो दुरीमा चल्ने यात्रुवहाक सवारीसाधनमा २८ प्रतिशत, पहाडी बाटोमा चल्ने मालवहाक साधनमा २० प्रतिशत र तराईका बाटाहरुमा चल्ने मालवाहक सवारीसाधनमा २६ प्रतिशतले भाडा बढाइएको छ । २०७८ असार २७ गतेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको स्वीकृतिमा सार्वजनिक यातायातको भाडा बढाएको विभागले विज्ञप्तिमार्फत् जनाएको हो ।

 

  • १ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !