चीनले नेपाललाई १६ लाख डोज खोप थप अनुदानमा दिने

आजभोलि

काठमाडौं । चीन सरकारले नेपाललाई थप १६ लाख डोज कोभिड– १९ विरुद्धको खोप अनुदानमा दिने भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ दिन चिनियाँ राजदूत होउ यान्छीले गएकी थिइन् । सो अवसरमा थप खोप अनुदान दिने औपचारिक जानकारी गराएकी हुनु ।

परराष्ट्र मन्त्रालयले भेटका क्रममा राजदूत यान्छीले थप १६ लाख डोज भ्याक्सिन अनुदानमा नेपाललाई उपलब्ध गराउने निर्णय चीन सरकारले गरेको जानकारी गराएको बताएको छ । प्रधानमन्त्री देउवाले खोप सहयोगका लागि धन्यवाद दिँदै कोभिड–१९ नियन्त्रण तथा न्यूनीकरणका लागि चिनियाँ सरकारबाट थप सहयोग पाइने विश्वास व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री नियुक्त भएको ४ दिनपछि चिनियाँ रावदूत यान्छी देउवालाई भेट्न शुक्रबार सरकारी निवास बालुवाटार पुगेकी हुन् । प्रधानमन्त्री देउवा र चिनियाँ राजदूत यान्छीबीचको शुक्रबारको भेटमा चीन–नेपाल सम्बन्धका बहुआयामिक पक्षबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

  • १ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !