मनाङ र मुस्ताङमा १८ वर्षमाथिका सबै नागरिकले लगाए कोभिडविरुद्धको खोप

आजभोलि

काठमाडौं । हिमालपारिको जिल्ला मनाङ र मुस्ताङका १८ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । जिल्लाभित्रका १८ वर्ष पूरा गरेका सबै नागरिकले कोभिड–१९ विरुद्धका खोप लगाएका हुन् । अहिलेसम्म नौ हजार ५ सय ८ जना नागरिकले पूरा मात्रा खोप लगाइसकेका छन् ।

अब १८ वर्ष माथिका नागरिकहरु खोप लगाउन छुटेका छैनन् । भेरोसेल खोप पहिलो डोज लगाएका २४२ दोश्रो डोज लगाउन बाँकी भए पनि लक्ष्यित वर्ग सबै खोपको दायरामा आइसकेका छन् । मुस्ताङमा हाल सम्म ५१८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएकोमा अहिले २० जना सक्रिय संक्रमित छन् ।

मुस्ताङमा कोभिड को संक्रमणबाट अहिलेसम्म १५ जनाको मृत्यु भएको छ । हालसम्म मुस्ताङभित्र पिसिआर बिधिबाट २२३ जनाको परिक्षण गर्दा ११२ जनामा र एन्टीजेन बिधिबाट २ हजार ७ सय १७ जनाको परिक्षण गर्दा ४०६ जनामा कोभिड–१९ पोजिटिभ पाइएको थियो ।

  • २० श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !