सञ्चालन निकट रहेका ४६ चलचित्र अलपत्र

आजभोलि

काठमाडौँ । चल्न लागेका ४६ फिल्म अलपत्र गीत र ट्र्लर हलमा बज्न सुरु भइसकेको थियो । प्रतिक्रयाबाट ‘म यस्तो गाउँछु–२’ का सिनेकर्मी निकै हौसिएका थिए । २०७६ फागुन ३० देखि प्रदर्शन मिति तय भएपछि ढुक्क भएको निर्माण समूहले सेन्सर र प्रचारप्रसारको काम पूरा गरेको थियो । तीन दिन बाँकी हुँदा सरकारले सिनेमा हलहरू बन्द गर्न निर्देशन दियो ।

त्यसपछि यो फिल्मले अझैसम्म प्रदर्शनको पालो पाएको छैन । निर्माता अर्जुन कुमारको ‘चपली हाइट–३’ चैत २८ गते देखि प्रदर्शनको तयारीमा थियो । यही मितिमा सन्तोष सेनको ‘प्रेमगीत–३’ आउने तयारी थियो । तर चैत ११ गते देखि लकडाउन घोषणा भयो । यी दुई निर्माताले पनि फिल्मको प्रदर्शन सार्नुप¥यो ।

कोरोना महामारीको असर यी दुई फिल्मलाई मात्रै परेको होइन । प्रदर्शनका लागि तयार ‘लक्का जवान,’ ‘हिजोआजका कुरा,’ ‘सुस्केरा,’ ‘नीरफूल,’ ‘माइकल अधिकारी,’ ‘षट्कोण,’ ‘आकाशे खेती’ लगायत दर्जनभन्दा बढी फिल्मका निर्माता अझै अलमलमा छन्  । यी फिल्ममा गरेको लगानी फ्रिज भएको छ ।

वर्षमा सयभन्दा बढी फिल्म प्रदर्शन हुने यस क्षेत्रमा लामो समयदेखि शून्यता छ । २०७६ अन्तिममा कोरोना संक्रमण देखा पर्न सुरु भयो । उक्त वर्ष महामारीअघि ५५ वटा नेपाली फिल्म प्रदर्शनमा आएका थिए । २०७७ मा ७१ फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत मागेका थिए ।

बोर्डको फिल्म निर्माण शाखाका अनुसार २०७८ असार २३ सम्ममा ८ फिल्म दर्ता भएका छन् । यसबीच निषेधाज्ञा खुकुलो हुँदा केही फिल्म निर्माण पनि भए । तर ती सबैको प्रदर्शन अझै अनिश्चित छ । नेपाली सिने उद्योग ठूलो छैन । उता प्रविधि विकास र महँगीले लागत बढेर एउटैको निर्माणमा २र३ करोड लगानी पुग्न थालिसकेको निर्माता तथा निर्देशक अशोक शर्माले बताए ।

‘प्रदर्शनका लागि तयार फिल्म रोकिएका छन्, लगानी जोखिममा परेर फिल्म क्षेत्र नराम्रैसँग थलिएको छ,’ उनले भने । फिल्म क्षेत्र खुल्ने टुंगो नहुनु, खुले पनि सामान्य अवस्था बन्नेरनबन्ने अनिश्चितताले अत्याएको उनले बताए । ‘फिल्म बनाउनेबित्तिकै प्रदर्शन गर्न पाए ताजा हुन्थ्यो । समय लम्बियो भने पुरानै हुन्छ । हलहरू धमाधम बन्द हुँदै छन् ।

ती हल टिक्नै नसकेर बन्द भएका हुन् । बन्द हुने भत्किने क्रम जारी छ,’ उनले भने । छायांकनमा जान तयार, बीचमै रोकिएका र प्रदर्शनका लागि तयार ८० फिल्मको आँकडा निकाल्दा १ अर्ब ५० करोड रकम फ्रिज भएर बसेको निर्माता संघका अध्यक्ष आकाश अधिकारी बताउँछन् । कोभिडपछि फिल्म क्षेत्रमा दक्ष जनशक्तिको अभाव हुने उनको भनाइ छ ।

  • २५ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !