दुर्गेश थापालाई तीजको नाममा विकृति फैलाएको आरोप

आजभोलि

काठमाडौँ । सधैं विवादास्पद गीत निकालेर चर्चामा आइरहने दुर्गेश थापालाई तीजका नाममा विकृति फैलाएको आरोप लागेको छ । यसअघि पनि विभिन्न गीतको बोलमा विवादित बन्दै आएका मोडल तथा गायक दुर्गेश थापा यस पटकको तीज गीतमा ‘ख्यास्स पुतली’ बोलको शब्दले विवादमा तानिएका हुन् ।

तीजको विषयमा भन्दै सार्वजनिक गरिएको बीच्च बीच्चमा –४ सिक्वेलको गीतमा प्रयोग गरिएको थेगो शब्दका कारण उनी बिवादमा आएका हुन् । गीत बनाउदा बनाउदै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले उक्त गीतमा प्रयोग गरिएको ख्यास्स पुतली भन्ने शब्द प्रयोग नगर्न ध्यानाकर्षण समेत गराएको छ ।

तर प्रष्ठिानको आग्रहलाई थापाले वास्ता नगरेपछि विवादमा तानिएका हुन् । गत साउन ७ गते प्रतिष्ठानको तर्फबाट अध्यक्ष रमेश बि.जी. र प्रतिष्ठानको विकृति विसंगति न्यूनिकरण विभागका संयोजक शिव हमालले संयुक्त हस्ताक्षर गरेर थापालाई त्यस्तो शब्द प्रयोग नगर्न आग्रह गरेका हुन् ।

सामाजिक रुपमा आफ्नो कर्तव्य र दायित्व मनन गरी उक्त प्रस्तुतीमा प्रयोग गरिएका आपत्तिजनक शब्दहरु फेरबदल गरी प्रस्तुत भइदिनुहुन ध्यानाकर्षण सहित अनुरोध गर्दछौं । प्रतिष्ठानको पत्रमा उल्लेख छ । प्रतिष्ठानको ध्यानाकर्षण पत्रमा नैतिकता र ईमान्दारिता नै ठूलो हो न कि पैसा र चर्चा भनेर प्रश्न समेत गरिएको छ ।

थापाले प्रतिष्ठानको ध्यानाकर्षण र आग्रहलाई अवज्ञा गरेको र आगामी दिनमा उनीमाथि कारवाहीको प्रक्रिया के हुन्छ भनी जिज्ञासा राख्दा विकृति विसंगति न्यूनिकरण विभागका संयोजक हमालले कानुनी कारवाही नै गर्ने अधिकार प्रतिष्ठानसँग नभएको बताएका छन् ।

प्रतिष्ठान विशुद्ध सामाजिक संस्था भएकोले विकृतिजन्य क्रियाकलाप गर्ने व्यक्तिलाई अनुरोध नमानेमा संस्थाबाट हटाउने, भैपरि आउने सेवा सुविधाबाट वञ्चित गर्ने लगायतको बाहेक ठूलो कारवाही गर्न प्रतिष्ठानलाई अधिकार नभएको हमालले बताएका छन् ।

थापाले प्रतिष्ठानको आग्रहलाई अस्वीकार गरेपछि यसबारेमा प्रतिष्ठानको साझा धारणा बनाउन आइतबार विभागको बैठक बोलाइएको हमालले बताएका छन् । छलफलपछि मात्र यसबारेमा कसरी अगाडि बढ्ने भन्ने बारे निश्कर्ष निकालिने उनको भनाइ छ ।

प्रतिष्ठानको आग्रह अवज्ञा गरेको बारे र उनले प्रयोग गरेको शब्दको नेपाली अर्थको बारेमा बुझ्न पटक पटक फोन गर्दा थापाको फोन उठेन, विज्ञप्तिमा उल्लेख छ ।

  • २५ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !