अभिनेत्री करिश्मा मानन्धरको तीज गीत

आजभोलि

काठमाडौँ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गीत निकाल्ने होड त्यत्तिकै चलेको छ । त्यसै सन्दर्भमा ख्यातिप्राप्त अभिनेत्री करिश्मा मानन्धरले पनि तीज गीतको म्युजिक भिडियो तयार गरेकी छन् ।

केबी फिल्म्सको प्रस्तुतीमा ‘आउन संगी हो, गाउँन मिलेर’ बोलको तीज गीतको म्युजिक भिडियो तयार पारिएको हो । गायिका मेलिना राईको सुमधुर स्वर सजिएको उक्त गीतमा साज सिंहको संगीत निर्देशन रहेको छ । त्यसैगरी गीतका शब्दहरु कोरियोग्राफर गोविन्द राईले रचना गरेका छन् ।

गोविन्द राईकै कोरियोग्राफी तथा निर्देशनमा सो गीतको भिडियो तयार पारिएको हो । सो गीत केही दिनमै करिश्मा मानन्धरकै यूट्युब च्यानलबाट सार्वजनिक हुँदै छ । उक्त गीतको भिडियोमा अभिनेत्री करिश्मा मानन्धरले आकर्षक नृत्य गरेकी छिन् ।

भिडियोमा करिश्मासँगै सम्झना बुढाथोकी, क्षितिजा शाक्य, तेन्जु योञ्जन, सुप्रिया योञ्जन, बसु तामाङलाई पनि फिचर गरिएको छ । मदन काश्यप घिमिरेद्वारा छायांकन गरिएको उक्त गीतको भिडियोलाई नहकुल खड्काले सम्पादन गरिरहेका छन् ।

 

  • २५ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !