प्रकाश सपुतको ‘कुरा बुझ्न पर्च’ ट्रेन्डिङमा

आजभोलि

काठमाडौं । गत शुक्रबार सार्वजनिक तीज गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा दर्ज भएको छ । ‘प्रकाश सपुत’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोले २१ लाख बढी ‘भ्यूज’ प्राप्त गरेको छ ।

गायक तथा सर्जक प्रकाश सपुतको रचना÷संगीत रहेको उक्त गीतमा गायिका शान्तिश्री परियार र समीक्षा अधिकारीेको सुमधुर स्वर सजिएको छ । गीतको भिडियो निर्देशन पनि गायक सपुतले नै गरेका हुन् । भिडियोमा कलाकार स्वस्तिमा खड्का, आँचल शर्मा, लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत र सुनील विकको अभिनय रहेको छ ।

अभिनेत्रीद्वय खड्का र शर्मालाई नायिकाको रुपमा उभ्याइएको छ । अहिले सपुतको उक्त गीत युट्युब ट्रेन्डिङको पहिलो स्थान ओगट् सफल भएको छ । उनले गीतमा महिलाको आत्मसम्मान र स्वतन्त्रताको विषयलाई खरो रुपमा उजागर गरेको बताइन्छ ।

समाजमा घटेका विविध घटनालाई आफ्ना सिर्जनामा मुखरित गर्न पोख्त उनको गत वर्ष सार्वजनिक तीज गीत ‘बदला बरीलै’ पनि युट्युब ट्रेन्डिङमा पहिलो स्थान ओगट्न सफल भएको थियो ।

उक्त गीतको म्युजिक भिडियोलाई हालसम्म युट्युबमा ८६ लाखभन्दा बढी पटक हेरिएको थियो । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका सुपतका यसअघि सार्वजनिक ‘बोलमाया’, ‘गलबन्दी’, ‘फुटेका चुरा’ ‘दोहोरी ब्याटल’ लगायतका गीतहरु चर्चाको शिखर चुम्न सफल छन् ।

गायक सुपत र गायिका शान्तीश्री परियारद्वारा स्वरबद्ध ‘गलबन्दी’ले त चार करोड ७१ लाखभन्दा बढी भ्यूज बटुलेको थियो । तीज पर्व नजिकिएसँगै तीजका विभिन्न भाका युट्युबमा भरिभराउ हुन थालेका छन् । अडियो क्यासेट, सिडीको जमाना गएपछि संगीतकर्मीलाई युट्युबको माध्यम निर्विकल्प बनेको छ ।

 

  • २६ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !