आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा नेपाल राष्ट्र बैंक

आजभोलि

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७८ र ७९ को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको हो । सञ्चालक समितिमा मौद्रिक नीति पेस गर्ने र त्यसपछि सार्वजनिक गर्ने तयारी रहेको राष्ट्र बैंकले जनाएको छ । कोरोनाका कारण प्रभावित भएका ऋणीलाई विशेष सुविधासहित मौद्रिक नीति आउने अनुमान छ ।

कोभिडको महामारीले शिथिल अर्थतन्त्रलाई गएको वर्षको मौद्रिक नीतिले ठूलो राहत दिएको थियो । यो वर्ष पनि मौद्रिक सहुलियत र सुविधा अपेक्षा गरिएको छ । गत वर्षको जस्तो यसपालि धेरै सुविधा नआउने सम्भावना छ । गएको आर्थिक वर्षको मौद्रिक नीति साउन २ गते सार्वजनिक भएको थियो । चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने समयमा सरकार परिवर्तन भएपछि मौद्रिक नीति ल्याउन ढिलो भएको हो ।

  • २९ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !