वार्ता र सहमतिको औचित्य समाप्त : माधव नेपाल

आजभोलि

काठमाडौँ । नेकपा परित्याग गरी नेकपा (एकिकृत समाजवादी) गठन गरेका माधवकुमार नेपालले अब वार्ता र सहमतिको औचित्य साप्त भएको उद्घोष गरेका छन् ।

नेपालले एमाले छाडेर नयाँ कम्युनिस्ट पार्टी दर्ताको प्रक्रियामा अगाडि बढिसकेकाले वार्ता र सहमतिको सम्भावना सकिएको बताएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता नेपालले अब वार्ता र सहमतिको सम्भावना सकिएको बताएका छन् ।

यसअघि पटक पटक बेइमानी भएको भन्दै उनले अब हल्ला र भ्रमको पछाडि नलाग्न नेता र कार्यकर्तालाई आग्रह समेत गर्न भ्याएका छन् । नेता नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल दर्ताको प्रक्रियामा रहेको बेला उनको यो धारणा आएको हो ।

निर्वाचन आयोगले सनाखतका लागि भदौ ९ गते बोलाएको छ । यसअघि सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन एमाले विवाद समाधानार्थ गठित कार्यदलका नेताहरुबीच १० बुँदे सहमतिलाई कार्यान्वयन गर्ने समझदारी भएको थियो ।

त्यसैमेसोमा अध्यक्ष ओलीले आज स्थायी कमिटीको बैठक बोलाएका हुन् । सो बैठक बिहान ११ बजे ललितपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बस्दैछ ।

  • ८ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !