दुर्घटनामा वडा सदस्यको मृत्यु

आजभोलि

काठमाडौं । गएराति त्रिभुवन राजपथको पालुङ–नौबिसे सडकखण्ड अन्तर्गत सोप्याङ खोलामा भएको ट्रक दुर्घटनामा थाहा नगरपालिका वडा नं १ का सदस्य सुन्दर प्रधानको मृत्यु भएको छ ।

पालुङबाट काठमाडौँका लागि तरकारी बोकेर जाँदै गरेको ना ५ ख ८६४२ नं को ट्रक गएराति ११ः५५ बजे थाँक्रे गाउँपालिका–८ स्थित सडकबाट करिब ७० मिटर तल उक्त खोलामा खसेर दुर्घटना भएको खानीखोला इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिए ।

ट्रक खस्न लागेपछि त्यहाँबाट हामफाल्ने क्रममा उहाँको घटनास्थलमै मृत्यु भएको र चालक प्रमोद अर्याल भने हाम फालेर ज्यान जोगाउन सफल भएको उहाँको भनाइ थियो ।

 

  • ३१ भाद्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !