क्यान्सर पीडितलाई सहयोग प्रदान

आजभोलि

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको व्यास नगरपालिका–११ निवासी क्यान्सर पीडितलाई आर्थिक सहयोग गर्नुभएको छ । उहाँले क्यान्सर पीडित काजीबाबु अधिकारीलाई रु २० हजार सहयोग गर्नुभएको हो। आन्द्राको क्यान्सरबाट पीडित अधिकारीलाई घरमै पुगेर मन्त्री श्रेष्ठले बिहीबार उक्त रकम हस्तान्तरण गर्दै आफूले व्यक्तिगतरुपमा यो सहयोग गरेको र सरकारका तर्फबाट हुन सक्ने सहयोग पनि उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो । जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएदेखि नै उहाँले स्थानीय सङ्घसंस्था र समस्यामा परेका व्यक्तिलाई आर्थिक सहयोग गर्दै आउनुभएको छ ।

  • २९ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !