पौडेल समूहका साझा उम्मेदवार बन्दै : कार्की

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाविधवेशन अन्तरगत बागमती प्रदेशको यहि १६ र १७ गते प्रदेश अधिवेशन हुँदैछ । पदाधिरकारीमा उठ्न आकांक्षीहरु नेताको घरदैलो चहारिरहेका बेला दोलखाबाट प्रतिनिधित्व गर्न ‘भुगोल’बाट सुर्दशन कार्की एक्लो उम्मेदवारको रुपमा देखिएका छन् ।

निर्वाचनको तिव्र तयारीका साथ प्रदेशका सवै जिल्लाहरुमा प्रतिनिधिहरुसँग प्रत्यक्ष भेटघाट गरी काठमाडौं फर्किसकेका कार्की बाहेक अन्यले अधिवेशनको संघारमा आइपुग्दा समेत उम्मेदवारी घोषणा गरेका छैनन् ।
एक्लो उम्मेदवार र निर्विरोध हुनसक्ने सम्भावना समेत बढ्दै गएकाले आफ्नो प्रचार प्रसारलाई पनि तिव्र पारिरहेको बताए ।

जिल्लाका उम्मेदवारहरु बढ्ने सम्भावना बढ्दै गएपछि उम्मेदवारहरुबीच स्पर्धाका लागि मिलाउन सभापति बर्मा लामा, पूर्व सभापति तारा कोइराला, उद्धव काफ्ले, रुद्रबहादुर खड्का र महाधिवेशन प्रतिनिधि समेत रहेका तरुणदलका पूर्व केन्द्रीय सचिव इश्वर मानन्धर पनि सक्रिय छन् ।

प्रदेशमा को–कसलाई कुन पदमा व्यवस्थापन गर्ने विषयमा नेताहरुबीच छलफल जारी नै रहेको सभापति लामाले जानकारी दिए ।

  • १७ मंसिर २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !