कक्षा १२ को परीक्षाफल सार्वजनिक

आजभोलि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

उहाँका अनुसार कक्षा १२ मा तीन लाख ७४ हजार १५ परीक्षार्थीमध्ये सात हजार ३६ जनाले ‘ए’ प्लस ग्रेड ल्याएको, ४८ हजार २३९ जनाले ‘ए’ ग्रेड ल्याएको, ७० हजार एक जनाले ‘बी’ प्लस र ९९ हजार ५३७ परीक्षार्थीले ‘बी’ ग्रेड ल्याएका छन् । ‘सी’ प्लस ग्रेड परीक्षार्थी ७५ हजार ८८ जना र ‘सी’ ग्रेड ल्याउने २४ हजार ५१५ परीक्षार्थी रहेको उहाँले जानकारी दिए ।

बोर्डका अनुसार ‘डी’ प्लस ल्याउने परीक्षार्थीमा तीन हजार ८७५ रहेका छन् भने ‘डी’ प्लस ल्याउने परीक्षार्थी २९६ जना छन् भने १० हजार ७३ परीक्षार्थीले ‘इ’ ग्रेड ल्याएका छन् ।

परीक्षामा सहभागीमध्ये ४६ जना परीक्षार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द गरिएको र चार जना परीक्षार्थीलाई आगामी एक वर्षसम्म बोर्डको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी रद्द गरिएको बोर्डले जानकारी दिएको छ ।

बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि असोज ८ गतेसम्म होम सेन्टरमा कक्षा १२ को परीक्षा लिएको थियो । तीन लाख ८५ हजार विद्यार्थीले परीक्षा दिएका थिए । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट धधध।लभद।नयख।लउ, नेपाल टेलिकमको वेबसाइट धधध।लभद।लतअ।लभत।लउ मा गएर हेर्न सकिन्छ ।

यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि लभद लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।

  • १७ मंसिर २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !