प्रदेश अस्पतालबाटै आँखा रोगको उपचार

आजभोलि

काठमाडौं । कर्णाली वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालबाट अब आँखा रोगको उपचार हुने भएको छ । अस्पतालले आइतबारदेखि आँखा रोगसम्बन्धी ओपिडि सेवा प्रवाह गर्ने तयारी गरेको जनाएको छ ।

अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार आइतबारबाट बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म आँखा रोग विशेषज्ञ डाक्टरद्वारा उपचार हुनेछ । अस्पतालमा दुई विशेषज्ञ डाक्टरले सेवा प्रदान गर्ने जनाइएको छ । सरकारी स्वामित्वको प्रदेश अस्पतालबाट आँखा रोगसम्बन्धी सेवा प्रवाह गर्ने नेपालमै पहिलो प्रदेश अस्पतालका रुपमा रहेको निर्देशक खड्काको दाबी छ ।

प्रदेश अस्पताललाई आँखा रोगसम्बन्धी उपचारका लागि आवश्यक उपकरण खरिदलगायतका पूर्वाधार व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयले रु २० लाख बजेट विनियोजन गरेको थियो ।

  • १३ माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !