खोरेत रोग नियन्त्रणमा

आजभोलि

काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–२ स्थित सुकेकोटमा पशुमा फैलिएको खोरेत रोग नियन्त्रणमा आएको छ । गाउँका करिब ३०० गाई, भैसी, बङ्गुर, बाख्रामा खोरेत रोग फैलिएको थियो ।

केन्द्रीय प्रयोगशालामा नमूना परीक्षणपश्चात उपचार सुरु गरेपछि अहिले सङ्क्रमण कम हुँदै गएको निस्दी पशु शाखा प्रमुख ओमबहादुर मश्राङ्गीले बताउनुभयो । सुकेकोट गाउँमा मात्रै तीन हप्ताअघिदेखि पोजेटिभ खोरेत रोगले सताएको थियो ।

खोरेत लागेका पशुमा रिङ भ्याक्सिङ दिइएको र अन्य सङ्क्रमण नफैलिएका ४७० पशुलाई खोरेतविरुद्धको भ्याक्सिन दिइएको शाखा प्रमुख मश्राङ्गी बताउँछन् । उहाँ भन्नुहुन्छ, “निरन्तरको उपचारले छिट्टै सङ्क्रमण रोकियो, अहिले पूर्णरूपमा पशु निको नहुँदासम्म यस क्षेत्रमा पशु ओसारपसारमा रोक लगाइएको छ ।”

यहाँ तीन भैँसी, नौ बाख्रा र दुई बङ्गुर खोरेत रोग लागेर मरेका छन् । गाउँका १६ घरपरिवारको पशुमा खोरेत रोगले सताएको पशु शाखाले जनाएको छ । पोखराबाट गाउँमा पञ्चवली पूजाका लागि ल्याइएका भेँडाबाट सङ्क्रमण फैलिएको पशु प्राविधिकको भनाइ छ ।

  • १४ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !