स्थानीय चुनावको मतपत्रमा साना दलको पनि चिन्ह रहने

आजभोलि

काठमाडौं । निर्वाचन आयोगले स्थानीय चुनावमा साना दलहरूलाई पनि आफ्नै चुनाव चिन्ह दिने भएको छ। राष्ट्रिय मान्यताप्राप्त ६ दललाई मात्रै आफ्नै चिन्ह दिन लागेको आयोगले विरोधपछि साना दललाई पनि चिन्ह दिने भएको छ। अब स्थानीय चुनावका लागि ६९ दलले आफ्नै चिन्ह पाउने भएका छन्।

मतपत्रमा अब साना दलका पनि आफ्नै चुनावी चिन्ह समावेश हुनेछ। आयोगले जिल्लामा पार्टी संरचनाका विवरण पेश गर्न आग्रह गरेको थियो। जिल्लामा सक्रियताका आधारमा साना दलहरूलाई चुनाव चिन्ह दिने निर्णय आयोगले गरेको छ। दल दर्ता गर्दा राखिएका चिन्ह नै चुनावी मतपत्रमा राख्न आयोग तयार भएको छ। आयोगबाट प्रदान गरिसकिएको निर्वाचन चिन्ह सम्बन्धित जिल्लाको मतपत्रमा समावेश गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।

निर्वाचनमा ८७ लाख, ४१ हजार पाँच सय ३० महिला र ८९ लाख, ९२ हजार दश जना पुरुष गरी जम्मा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाताको अन्तिम नामावली आयोगले स्वीकृत गरेको छ। २०७९ वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ। साथै दश हजार सात सय ५६ मतदान स्थल र २१ हजार नौ सय ५५ मतदान केन्द्र रहने आयोगले जनाएको छ।

  • १५ चैत्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !