पिछडिएका लोपोन्मुख समुदायको संरक्षण गर्न ध्यानाकर्षण

आजभोलि

काठमाडौं । प्रदेश प्रमुखको यहाँ सम्पन्न बैठकले पिछडिएका लोपोन्मुख समुदायको संरक्षण गर्न ध्यानाकर्षण गराएको छ । सौराहामा बिहीबार सम्पन्न बैठकले सिमान्तकृत, पिछडिएका, लोपोन्मुख समुदायको पहिचान, संरक्षण, सम्वद्र्धन र विकासलगायत काम गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको हो ।

बागमती प्रदेशको प्रदेश प्रमुखको कार्यालयले आयोजना गरेको बैठकमा सात वटै प्रदेशका प्रदेश प्रमुख, कार्यालय सचिव र निजी सचिवको सहभागिता रहेको थियो । बागमती प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी इन्दिरा पौडेलले प्रदेश सरकारले लोपोन्मुख समुदायको पहिचान तथा खोजी गरी नीति तथा कार्यक्रम, योजना बनाउन अनुरोध गरिएको बताउनुभयो ।

पछाडि पारिएका समुदायको विकासका लागि प्रवद्र्धनात्मक कार्यक्रम बनाउन आग्रह गरिएको छ । प्रदेश सरकारले गर्ने कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयसँग समन्वय नगरेको भन्दै समन्वय गर्नुपर्नेमा समेत छलफल गरिएको थियो । “प्रदेश सरकारले गर्ने कार्यक्रमबारे लिखितरुपमा जानकारी गराउनुपर्ने व्यवस्था छ, तर मौखिक जानकारी मात्रै आइपुग्छ”, उहाँले भन्नुभयो ।

प्रदेश मन्त्रिपरिषद्का निर्णयमा समेत लिखित जानकारी नआएको भन्दै समन्वयका लागि अपिल गरिएको छ । प्रदेश प्रमुखको हाल मर्यादाक्रम सातौँ र आठौँ स्थानमा राखिएकामा त्यसलाई सच्याउनसमेत बैठकले सङ्घीय सरकारसँग अनुरोध गर्ने निर्णय भएको पौडेलले जानकारी दिनुभयो ।

बैठकले हरेक छ महिनामा प्रदेश प्रमुखको बैठक बोलाउने गरी कार्यविधि पास गरेको छ । प्रदेश प्रमुखको बैठक आलोपालो गरी बोलाउने कार्यविधिमा उल्लेख छ । सातै प्रदेशकै विकासको सम्भावना र पहिचानका बारेमा खोजी गरी सङ्घीय सरकारलाई सुझाव दिने निर्णयसमेत गरिएको छ ।

  • १८ चैत्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !