कांग्रेस प्रदेश प्रतिनिधिले बुझाउन थाले प्रतिवेदन

आजभोलि

काठमाडौं । घरघर जाऔं काँग्रेस जिताऔं’ अभियान अन्र्तगत नेपाली कांग्रेस गण्डकी प्रदेश समिति प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित कार्यक्रम तय गरी पठाएका प्रतिनिधिले प्रतिवेदन बुझाउन थालेका छन् । प्रदेशका ११ जिल्लाका ३६ प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित कार्यक्रम तय गरी पार्टीका ७२ जना प्रदेश सदस्यलाई निर्वाचन क्षेत्रमा खटाइएको थियो ।

खटिएका सबै प्रतिनिधि सम्बन्धित प्रदेशसभामा गएर कार्यकर्ता र जनतासँग प्रत्यक्ष भेटेर त्यहाँको वस्तुस्थिति बुझेर आएको पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिनुभयो । प्रतिनिधिले प्रतिवेदन बुझाउन थालेको बताउँदै उहाँले सो प्रतिवेदन आसन्न निर्वाचनमा उम्मेदवारी छनौटका लागि सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

स्याङजा को प्रदेश २ ९ख०का प्रतिनिधि शकुन्तला शर्माले ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानले गाँउमा पार्टीको उत्साह थपिएको बताउनुभयो । प्रदेशका उपसभापति कल्पना तिवारी, महामन्त्रीद्वय किरणवावु श्रेष्ठ र विष्णु लामिछानेले पार्टीका नेता कार्यकर्तासहित जनताका घरघरमा गएकाले अभियान सफल भएको बताउनुभयो । प्रदेश समितिले खटाइएका प्रतिनिधि गत चैत ५ देखि परिचालन भएका थिए ।

  • १९ चैत्र २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !