म्याद नाघेका खाद्यसामग्री राख्ने सञ्चालकलाई जरिवाना

आजभोलि

काठमाडौं । जिल्ला बजार अनुगमन समितिले काभ्रेपलाञ्चोकको बनेपाका एक खाद्यान्न पसल सञ्चालकलाई म्याद नाघेको खाद्य सामग्री राखेको पाइएपछि कारबाही गरेको छ ।

काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बजार अनुगमन समितिका संयोजक अमरदीप सुनुवारले उपभोक्ताले गरेको गुनासोका आधारमा अनुगमन गर्दा बनेपा नगरपालिका–७ तरकारी बजार डाँडाका रोहित श्रेष्ठलाई कारबाही गरिएको बताउनुभयो ।

बजार अनुगमनका क्रममा श्रेष्ठले सञ्चालन गरेको गोल्मादेवी अडर एण्ड सप्लायर्सले म्याद नाघेका सामान राखेको, गोदाममा सरसफाइ नगरेको तथा मूल्यसूचीसमेत नराखी सञ्चालन गरेको पाइएको छ । उनलाई रु १० हजार जरिवाना गरिएको छ । सो क्रममा पसलबाट म्याद गुज्रेका चिउरा २२ बोरा, चामल ६ बोरा र मैदा दुई बोरा बरामद गरिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रामप्रसाद कुस्माका अनुसार खाद्यान्न पसल सञ्चालकले मूल्यसूची राख्नुपर्ने, गोदामको सरसफाइ गर्नुुपर्ने र म्याद गुज्रेका सामानको व्यवस्थापन गर्नुपर्ने, होटलले सरसफाइमा ध्यान दिनुपर्ने, मूल्यसूची राख्नुपर्ने तथा दर्ता र नवीकरण गर्नुपर्ने विषयमा सचेत गराइएको छ । उद्योगबाट उत्पादन गरेको जार र बोतलमा मिति स्पष्ट हुनुपर्ने, पुरानो जार प्रयोग बन्द गर्नुपर्ने, पानीको गुणस्तर निरन्तररूपमा जाँच गर्नुपर्नेलगायत विषयमा सचेत गराइएको कुस्माले बताउनुभयो ।

  • २५ जेष्ठ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !