मासिए मौलिकता झल्काउने घुमाउने घर

आजभोलि

काठमाडौं । बागलुङमा पछिल्लो समय मौलिकता झल्काउने घर देखिनै छाडेका छन् । केही वर्ष अगाडिसम्म ग्रामीण क्षेत्रमा ढुङ्गा र खरले छाएका थुप्रै घुमाउने घर देखिए पनि पछिल्लो समय संरक्षण तथा आधुनिकताका नाममा मासिएका छन् ।

ढुङ्गा माटोको गारो । रातो माटो र सेतो कमेरोले पोतिएका घुमाउने घर केही वर्ष अघिसम्म देख्न पाइन्थो, अहिले घुमाउने घर बिरलै देख्न सकिन्छ । आधुनिक घर निर्माणसँगै घुमाउने घर अहिले देख्नै छाडिएको छ । बागलुङका धेरै स्थानमा घर, टिन तथा ढुङ्गाले छाएका घुमाउने घर मासिएका छन् । केही सीमित स्थानमा मात्रै संरक्षण गरेर राखिएका छन् । महत्व नबुझ्दा र आधुनिकताका नाममा आरसिसी घर निर्माणले तीव्रता पाउँदा घुमाउने घर सङ्कटमा परेका छन् ।

केही स्थानीयवासीले मात्रै घुमाउने घरलाई संरक्षण गरेर राखेका छन् । तीन पुस्ता परिवारका सदस्य हुर्काएको घुमाउने घरलाई संरक्षण गरेर राखेको बागलुङ नगरपालिका–६ लङ्गाउँका सिर्जना थापाले बताउनुभयो । “हजुरबुबाको पालाको घर संरक्षण गरेर राखेकी छु, धेरैले फोटो, टिकटक र भिडियो बनाएर लैजानुहुन्छ”, उहाँले भन्नुभयो, “लोप हुन थालेपछि यस्ता घरको खोजी, चासो र चिन्ता बढेको छ ।”

विशेषगरी मगर र गुरुङ समुदायको पहिचान बनेको घुमाउने घर संरक्षण अभावमा लोप हुँदै गएका छन् । परम्परागतभन्दा आधुनिक शैलीका घर बनाउन सहज हुने भएपछि घुमाउने घर सङ्कटमा परेको गलकोट नगरपालिका–१० का चन्द्रबहादुर घर्ती मगर बताउनुहुन्छ । गाउँमा भएका त्यस्ता घर पनि जीर्ण बनेका छन् । पर्यटकका लागि रोजाइमा पर्ने भएकाले घुमाउने घरको संरक्षणमा स्थानीय लाग्नुपर्ने उहाँले बताउनुभयो ।

स्थानीयवासी चन्द्रकली विक अहिलेका घरभन्दा त्यसको स्वरुप नै फरक हुँदा बनाउने सिकर्मी र डकर्मी पाउन मुश्किल भएको बताउनुहुन्छ । ग्रामीण क्षेत्रमा सहरबजारमा जस्तै आधुनिक शैलीका पक्की घर बन्न थालेपछि घुमाउने घरसँगै ढुङ्गे घर लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । कला, संस्कृति र मौलिकता बोकेका यस्ता घरले गाउँले जनजीवन र पहिचान बोकेका भए पनि स्थानीय तहले संरक्षणमा चासो देखाएका छैनन् । परम्परागत मौलिक घुमाउने घर संरक्षण गर्न सके घरबाससमेत फस्टाउने अवस्था छ ।

  • २५ जेष्ठ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !