काठमाडौं । साकुरा मल्टि मिडिया हाउसद्वारा उत्पादन तथा निर्माण गरेको ‘वेलकम टू हेम्जाकोट’ नामक फिल्म रातारात किर्ते गरेर ‘क्लोजअप सिने प्रोडक्सन’ले ‘मायाको रेडियो’ नामक गीत सार्वजनिक गरिएको छ ।
उक्त गीत सार्वजनिक गर्नको लागि साकुरा मल्टि मिडिया हाउसको अनुमति लिनुपर्ने थियो । किन भने उक्त फिल्म चलचित्र विकास वोर्डको रोहवरमा २०७८/०८/०३ मा साकुरा मल्टी मिडिया हाउसको नाममा विधिवत रुपमा हस्तान्तरण गरिएको थियो ।
हस्तान्तरण गर्ने क्रममा चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण)को अधिकार नियमावली २०५७ को नियम १२ बमोजिम विधिवत रुपमा हस्तातरण गरिएको साकुरा मल्टि मिडिया हाउसका अध्यक्ष तथा निर्माता अर्जुन गिरिले जनाकारी गराए ।
‘वेलकम टू हेम्जाकोट’ फिल्म कात्तिक २५ गते सार्वजनिक गर्ने निर्णय गरेप्रति अध्यक्ष गिरीले आपत्ति प्रकट गरेका छन् । उक्त चलचित्र प्रदर्शनका लागि साकुरा मल्टी मिडिया कम्पनीसँग अनुमति लिन नआए चलचित्र प्रदर्शन रोक्नुका साथै किर्ते गरेकोप्रति कडा कानुनी कारबाहीसमेत गर्ने अध्यक्ष गिरीले चेतावनी दिएका छन् ।