इराकमा पूर्व विद्यार्थीद्वारा प्राध्यापकको हत्या

आजभोलि

एजेन्सी, बग्दाद । इराककको उत्तरी इरबिल प्रान्तमा विश्वविद्यालयका दुई प्राध्यापकहरुलाई एक पूर्वविद्यार्थीले हत्या गरेका छन् ।

विश्वविद्यालयबाट हटाइएका ती विद्यार्थीले गोली चलाएर गुरुहरूको हत्या गरेको उक्त प्रान्तका गर्भनरले बताएका छन् । पीडितमध्ये एक जना डीन रहेको बताइएको छ । डीनको शरिरका विभिन्न पाँच स्थानमा गोली लागेको छ । पीडितसँगै ती विद्यार्थीले इन्जिनियरिङका अर्का प्राध्यापकलाई पनि गोली हानेका थिए ।

आक्रमणकारी सोरन युनिभर्सिटीका पूर्वविद्यार्थी हुन् । उनलाई केही समयअघि विश्वविद्यालयबाट निस्काशन गरिएको थियो । इराकमा पछिल्ला वर्षहरूमा धेरै सशस्त्र आक्रमणहरू भएका छन् । केही महिनाअघि इराकी प्रधानमन्त्री मुस्तफा अल काधिमीमाथि ड्रोन हमला भएको थियो ।

अमेरिकाले प्रधानमन्त्री काधिमीमाथि भएको ड्रोन आक्रमणलाई ‘आतंकवादको स्पष्ट कार्य’ भनेको थियो । बगदादको ग्रीन जोनमा रहेको प्रधानमन्त्रीको उच्च सुरक्षा निवासमा आक्रमण भएको थियो ।

 

  • १५ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !