न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्योगमाथि मुद्दा

आजभोलि

 

हेटौंडा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्योगमाथि गत आर्थिक वर्ष २०७८७९ मा मुद्दा दायर गरेको छ ।

विभिन्न उद्योगबाट उत्पादित नमूनाको सङ्कलन गरी जाँच गर्दा मापदण्डअनुसारको उत्पादन नभएकाले ती उद्योगमाथि सम्बन्धित जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको सो कार्यालयले जनाएको छ । कार्यालयले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै गत आव र अघिल्लो आवको सात मुद्दाको फैसला भएकोमा चार मुद्दाको फैसला हुन् बाँकी रहेको बताइएको छ । कूल ११ वटा मुद्दा दुई आवमा दायर भएको थियो ।

गत आवमा उपभोक्ताबाट कार्यालयमा छ उजुरी प्राप्त भएकोमा पाँच उजुरीको अनुसन्धान सकिएको छ । जसमा दुई उजुरीमाथि मुद्दा दायर दायर गरिसकिएको छ भने दुईमा अनुगमन गरी सुधारात्मक निर्देशन दिइएको छ । एउटा उजुरीउपर नमूना सङ्कलन गरी प्रयोगशाला विश्लेषण गर्दा कैफियत नपाइएको तथा एउटा उजुरी अनुसन्धानको क्रममा रहेको जनाइएको छ ।

प्रतिवेदनमा उपभोक्ताको स्वास्थ्य र सुविधा कायम राख्न विद्यमान खाद्य ऐन र नियमको प्रभावकारी कार्यान्वयन गर्दै सरोकारवालाको सहयोग र समन्वयमा कार्यक्रम सञ्चालन हुँदै आएको उल्लेख गरिएको छ । गत आवमा कार्यालयले ६० बजार, दुई सय १० उद्योग तथा ४१ होटल तथा रेष्टुराँ र चमेना गृहको अनुगमन गरिएको प्रतिवेदनमा जनाइएको छ । गत आवमा कार्यालयवाट २९ खाद्य तथा दानाको अनुज्ञापत्र जारी गरिएको, एक सय चार खाद्य पदार्थको अनुज्ञापत्र नवीकरण गरिएको तथा उद्योग स्थापानार्थ ७८ उद्योगको सिफारिस गरिएको सो कार्यालयले जनाएको छ ।

त्यस्तै अनुगमनको क्रममा सात होटल र रेष्टुराँलाई स्तरीकरण लोगो वितरण गरिएको बताइएको छ । कार्यालयका सूचना अधिकारी प्रगति अधिकारीका अनुसार सेवाग्राहीलाई विश्वसनीय प्रयोगशालाको अनुभूति गराउनका लागि कार्यालयले गत आर्थिक वर्षमा २ हजार एक सय २० खाद्य पदार्थ नमूना विश्लेषण गरेकोमा ९६ वटा नमूना प्रतिकूल रहेको उल्लेख गरिएको छ ।

कार्यालयले उपरोक्त विभिन्न शीर्षकवाट गत आर्थिक वर्षमा रु १९ लाख ६२ हजार नौ सय राजशव सङ्कलन गरेको थियो । साथै, कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरको आदेशमा गत आर्थिक वर्षमा युनिलिभर नेपाल लिमिटेडको म्याद सकिएको २ हजार २ सय २८ वोरा चियापत्ती नष्ट गरेको वताइएको छ ।

  • १४ श्रावण २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !