काठमाडौँ उपत्यकामा डेङ्गुको प्रकोप

आजभोलि

काठमाडौँ । गत जेठ महिनादेखि फाट्टफुट्ट रूपमा देखिन थालेको डेङ्गुले पछिल्ला दिनमा प्रकोपको रूप लिन थालेको छ।

विगतका वर्षमा उपत्यकाबाहिर बढी गर्मी हुने जिल्लामा महामारीको रूप लिने गरेको डेङ्गुले यो पटक भने उपत्यकामै महामारीको रूप लिन सुरु गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत तीन महिनादेखि हालसम्म देशभर एक हजार ९२३ जना व्यक्तिमा डेङ्गु पुष्टि भइसकेको छ। उक्त सङ्ख्यामा सबैभन्दा बढी केस उपत्यकामा रहेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कीटजन्य रोग नियन्त्रण शाखाका डा। शशी कँडेलले दिएको जानकारी अनुसार उपत्यकाको ललितपुरमा मात्रै ५२९ जना डेङ्गुका बिरामी रहेका छन्।

यो देशभरिकै सबैभन्दा बढी डेङ्गु पुष्टि हुने जिल्लामा गनिएको छ। काठमाडौँमा हालसम्म २१९ जनामा डेङ्गु पुष्टि भएको छ। सबैभन्दा बढी डेङ्गु फैलिएको १० जिल्लामा रुपन्देही ३०७, तेह्रथुम ६०, सिन्धुली ५७, धादिङ ७०, सङ्खुवासभा ४६, अर्घाखाँची ४२, पाल्पा ३८ र गुल्मी ३६ जना रहेका छन्। त्योबाहेक भक्तपुरमा पनि ३५ जनामा डेङ्गु फैलिसकेको छ। डा। कँडेलका अनुसार हालसम्म ६७ जिल्लाबाट डेङ्गुको केस रिपोर्ट भएको छ। उनले भने, “डेङ्गु भएका ९० प्रतिशतलाई लक्षण नहुन पनि सक्छ।”

  • ८ भाद्र २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !