सुर्खेतमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुदैँ

आजभोलि

सुर्खेतमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुदैँ

सुर्खेत । स्वास्थ्य सेवा विभागबाट अनुमति पाए लगत्तै सुर्खेतमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच गत चैत ११ गते सम्झौता भइसकेको छ । प्रदेश अस्पतालले ०७४ देखि डाइलाइसिस सेवा दिँदै आएको छ ।

मिर्गौला प्रत्यारोपण सेवाका लागि भौतिक संरचना र उपकरणको व्यवस्थापन गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। डम्बर खड्काले जानकारी दिए । प्रदेश अस्पतालले ६ जना चिकित्सकलाई तालिम दिएर सेवा सञ्चालनका लागि तयारी अवस्थामा राखेको जनाएको छ ।

मिर्गौला प्रत्यारोपणका लागि अहिले काठमाडौँ जानु परिरहेको छ । विभागबाट स्वीकृत पाए लगत्तै सबै व्यवस्थापन तथा जनशक्ति तयारी भएर बसेकाले काम सुरु हुने डाक्टर खड्काले जानकारी दिए ।

  • २० भाद्र २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !