कीर्तिपुर नगरपालिकाले सावजनिक सम्पति संरक्षणका लागि छुट्यायो ४० लाख बजेट

आजभोलि

काठमाडौं । कीर्तिपुर नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गा, चौर, पाटी पौवा आदि सम्पत्ति संरक्षणका लागि विशेष पहल गर्ने भएको छ । यसका लागि रु ४० लाखको बजेट छुट्याएर काम सुरु गरिसकिएको छ ।

गत वैशाखमा निर्वाचित भएर नगरपालिकाको कार्यभार सम्हालेपछि पहिलोपटक शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगरपालिकाका प्रवक्ता एवं उपप्रमुख शुभलक्ष्मी शाक्यले नगरभित्रका सार्वजनिक जग्गा पाटी, चोक र वन क्षेत्रमा अतिक्रमण बढदै गएको गुनासो बारम्बार आउन थालेपछि बजेट विनियोजन नै गरी सार्वजनिक सम्पत्ति सुरक्षणमा लागिएको जानकारी दिइन् ।

“अहिलेको नगर नेतृत्व सार्वजनिक सम्पत्ति बचाउनु पर्नेमा एक मत छ”, उनको भनाइ थियो । यसको संरक्षण गर्न सके नगरवासीका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सहयोग पुग्ने मात्र नभई कुनै पनि बेला आइपर्ने आपद् विपतमा काम लाग्ने धारणा पनि उनको थियो ।

पत्रकार सम्मेलनमा नगरपालिकाले नगरका सबै विद्यालयको भौतिक र शैक्षिक अवस्था निरीक्षणसहित सघन अनुगमन गर्न चाररचार जनाको टोली बनाएर खटाउने जानकारी पनि कार्यक्रममा दिइयो ।

यसअन्तर्गत टोलीले विद्यालयका भौतिक संरचना विद्यार्थी मैत्री एवं शैक्षिक मापदण्डअनुरूप भए नभएको निरीक्षण गर्ने, शैक्षिक वातावरण र सिकाइ उपलब्धिबारे बुझ्ने र निरीक्षणबाट प्राप्त परिणाम नगरपालिकालाई बुझाउने छन् । टोली नगरपालिकाको शिक्षा शाखाको नेतृत्वमा परिचालन हुनेछन्। टोलीले नगरका सार्वजनिक र निजी स्वामित्वका गरी ३० भन्दा बढी विद्यालयको निरीक्षण गर्नेछ ।

नगरपालिकाले प्राकृतिक विपद् नियन्त्रणसहित करिब दुई सय २५ योजना अघिल्ला वर्षका कार्यक्रमअन्तर्गत ल्याइएको जानकारी दिएको छ । नगरस्तरीय २१ र ४४ वटा वडास्तरीय योजना सञ्चालन भइरहेको र आगामी चैत मसान्तसम्म सबै योजनाको सम्झौता गरिसक्ने योजना रहेको उपप्रमुख शाक्यले जानकारी दिइन् । नगरपालिकाले सांस्कृतिक र पुरातात्विक क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न पहल भइरहेको जानकारी पनि उपप्रमुख शाक्यले दिइन् ।

उनले शिक्षामा ‘एक घर एक स्नातक’ कार्यक्रमअन्तर्गत तीन सामुदायिक क्याम्पसमा नगरपालिकाले ६० प्रतिशत र सम्बन्धित क्याम्पसले ४० प्रतिशत व्यहोर्ने गरी कार्यान्वयनमा गएको जानकारी पनि दिइन् । चालु आर्थिक वर्षमा नगरपालिकाले चालु र पूँजीगत गरी कुल बजेटको १९ दशमलव ४४ प्रतिशत रकम खर्च गरेको उनले बताइन् ।

  • २४ मंसिर २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !