स्कारपियोको ठक्करबाट महिला घाइते

आजभोलि

धनगढी । बैतडीमा स्कारपियोले ठक्कर दिँदा एक महिला घाइते भएकी छन् । दोगडाकेदार गाउँपालिका ५ की ६८ वर्षीया धुरी ठगुन्नालाई शुक्रबार दिउँसो १:३० बजेतिर स्कारपियोले ठक्कर दिएको हो ।

दार्चुलाबाट धनगढी आइरहेको भे१च २९५१ नम्बरको स्कारपियोले पैदल यात्री ठगुन्नालाई दोगडाकेदार गाउँपालिका ५ दोलीमा बाटो काट्ने क्रममा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाइते ठगुन्नाको देब्रे खुट्टा भाचिएको र टाउकोमा चोट लागेकाले उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ ।

स्कारपियो चालक दोगडाकेदार गाउँपालिका ६ पञ्ज्युनयाँका २६ वर्षीय हरिसिंह कार्की र स्कारपियोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

  • २२ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !