चितवनमा मिनि ट्रकको ठक्करबाट एक जनाको मृत्यु

आजभोलि

चितवन । चितवनको रत्ननगरमा मिनि ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका १० बस्ने २२ वर्षीय अमित महतोको घटनास्थलमै मृत्य भएको हो ।

मोटरसाइकल पछाडी सवार रत्ननगर नगरपालिका १० का २७ वर्षीय बिश्वास महत्तो गम्भीर घाइते भएका छन् । महत्तोलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पुर्‍याइएको चितवन प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो १२:२० बजे रत्ननगर नगरपालिका १२ जमुनापुरबाट बकुलहर जाँदै गरेको ना. ४२ प.४४५३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ना.४ ख.५३०१ नम्बरको मिनि ट्रकले ठक्कर दिएको थियो ।

दुबै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले नियन्त्रणमा लिएको छ ।

  • २९ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !