भक्तपुरमा दुर्घटना हुँदा तीनजना घाइते

आजभोलि

भक्तपुर । भक्तपुरको देकोचास्थित ख्वप कलेज नजिक आइतबार साँंझ भएको दुर्घटनामा परी तीनजना घाइते भएका छन् ।

घाइते हुनेहरुमा बाँके राप्ती सोनाली गाउपालिका १ घर भई हाल भक्तपुर नगरपालिका १० कमलबिनायक बस्ने बर्ष २४ को नरेश बाठा, रोल्पा रुम्तीगढी गा.पा ८ घर भइ हाल जिल्ला काभ्रे बासडोल बस्ने बर्ष २३ को कमल रोक्का मगर र रोल्पा लुङ्ग्री गाउँपालिका ७ घर भई हाल कमलबिनायक बस्ने बर्ष २० को प्रदिप कुमार खाती रहेको प्रहरीले जनाएको छ ।

उनीहरुमध्ये नरेको नजिकैको डा.ईवामुरा अस्पतालमा उपचार भइ भक्तपुर ईन्टरनेश्नल अस्पताल कौशलटार रिफर गरिएको जनाइएको छ । साथै कमलको भक्तपुर अस्पतालमा उपचार भइरहको भक्तपुर प्रहरी परिसरले जनाएको छ । प्रदीप भने उपचारपछि डिष्चार्ज भएको परिसका सूचना अधिकृत राजु पाण्डेले जनाए ।

पकुनेपाटीबाट देकोचा तर्फ आँउदै गरेको बा ५ ख २१९३ नं को निसान ट्रक सोही स्थानमा बाटोको साईडमा रोकी राखेको बा ३ ख २४४४ नं को भाडाको बसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनाका घाइते तीनै जना निशान ट्रकका रहेको जनाइएको छ । निसान ट्रक चालकसहित तीन नै जनाले मापसे गरेको जनाइएको छ ।

दुबै सवारी साधन घटनास्थलबाट निकाली ग्यारेज लगेको छ । बस चालक जिल्ला भक्तपुर भक्तपुर न.पा ६ देकोचा बस्ने बर्ष ३७ को दिनेश बारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • १ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !