गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार जरुरी: पूर्वराष्ट्रपति डा यादव

आजभोलि

काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलहरूले आफ्नो व्यवहारलाई सुधार्दै लैजानुपर्ने बताएका छन् । ७३औँ प्रजातन्त्र दिवसको अवसरमा जनकपुर बौद्धिक समाजले सोमबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति डा. यादवले २४० वर्षीय निरङ्कुश राजतन्त्रको अवशेष अहिले पनि विद्यमान रहेकाले दलहरूले आफूलाई सुधार्दै जानुको विकल्प नरहेको बताए ।

‘जनतासँग जोडिएका राजनीतिक दलहरूको व्यवहारले सबै क्षेत्रमा उकुसमुकुसको अवस्था देख्छु, दलहरूको क्रियाकलापलाई लिएर सिङ्गो व्यवस्थामाथि प्रश्न उठाउन थालिएको छ’, उनले भने, ‘त्यसैले सबै दलहरूले जनभावनाअनुसार काम गर्नु जरुरी छ ।’ सहिदहरूको बलिदान, पूर्वजहरूको निष्ठा र आदर्शलाई छोड्दै जाँदा नागरिकमा वितृष्णा उत्पन्न हुँदै गएको भन्दै उहाँले व्यवस्था चलाउन नजान्दाको दोष व्यवस्थामाथि थोपर्ने काम कसैले गर्न नहुने धारणा राखे ।

‘कुनै चोटपटक लागेमा हतियारको दोष भन्ने कि हतियार चलाउने मान्छेको ? त्यसैले अहिले नै व्यवस्था खराब भएको टिप्पणी गर्ने बेला भएको छैन । तर गणतन्त्र रक्षाका लागि नेताहरू सुध्रिर्ने र जनताहरू सचेत हुनुपर्ने आवश्यकता भने सधैँ रहन्छ’, पूर्वराष्ट्रपति डा. यादवले भने ।

कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रामगोविन्द यादवले पनि सङ्घीयता चलाउने व्यक्तिको कमजोरीलाई देखाएर सिङ्गो व्यवस्थालाई नै गलत भन्नु अतिशयोक्ति हुने धारणा राखे । कार्यक्रममा प्रा डा पशुपतिनाथ झाले नैतिकताविनाको लोकतन्त्र सधैँ सङ्कटमा पर्ने भन्दै सबैले जिम्मेवार बन्नुपर्ने धारणा राखे ।

जनकपुर बौद्धिक समाजका अध्यक्ष राजेश्वर नेपालीले विगतमा दलहरूले गरेको कमजोरीले पटक–पटक व्यवस्थामाथि सङ्कट आएकाले लोकतन्त्रको सुदृढीकरणका लागि सत्ता राजनीतिभन्दा माथि उठेर प्राप्त उपलब्धिलाई जोगाउन लाग्नुपर्ने बताए । उनले अहिले दलहरूले गरिरहेका क्रियाकलापले पूर्वशासनाधिकारीलाई लाभ पुगिरहेकाले व्यवस्थालाई जोगाउनका लागि पनि सबै दल मिलेर अगाडि बढ्न आग्रह गरे ।

  • ८ फाल्गुन २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !