पुराना फिल्मका निर्देशक सुब्बाकाे निधन 

आजभोलि

काठमाडौँ । नेपाली सिनेमा जगतका एक खम्बा तथा फिल्म ‘परालको आगो’ लगायत करिब दर्जन फिल्मका निर्देशक प्रताप सुब्बा अब हामीबीच रहेनन् । सुब्बाको आज बिहीबार ७८ वर्षको उमेरमा भारतमा मुत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनी लामो समयदेखि बिरामी रहेका थिए ।

बाँच्न चाहनेहरु, मसाल, कहीँ अँध्यारो कहीँ उज्यालो, दिदी, चट्याङ, भीष्म प्रतिज्ञा लगायतका फिल्म निर्देशन गरेका सुब्बाले बिसं २०३५ मा ‘परालको आगो’बाट निर्देशन थालेका थिए । उनी नेपाली मुलमा भारतीय निर्देशक समेत थिए ।

थुप्रै टेलिफिल्म समेत निर्देशन गरेका उनी फिल्म ‘चट्याङ’का पट्कथा लेखक पनि हुन् । उनले डायमण्ड एक्टिङ इन्स्टिच्युट, सिने युनिभर्स खोलेर थुप्रै प्राविधिक समेत जन्माएका छन् । सुब्बाको निधन प्रति कलाकर्मीले सामाजिक संजाल मार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

  • २ चैत्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !