पुराना कवि द्वारिका ढुंगानाले यसरी सम्झिए ‘दायाँबायाँ’ गरेकाे पल (भिडियोसहित)

आजभोलि

काठमाडौं । चर्चित गायक प्रताप दास र गायिका रचना रिमालको सुमधुर आवाज सजिएको ‘दायाँबायाँ’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ  ।

उक्त गीतमा पाका तथा अनुभवी सर्जक द्वारिका ढुंगानाको रचना रहेको छ । उनले आफ्ना जवानीकालका सम्झनाहरुमा लहरीएर गीतको रचना गरेको बताएका छन् भने संगीत, एरेन्ज तथा मिक्स मास्टरिङ् राजीब शाहले गरेका छन् । बहुप्रतिभाका धनी शाहले यस गीतको छायाँकन र निर्देशन समेत आफैं गरेका छन् ।

सबै काम आफैंले गर्नु भएछ नि, भन्ने न्युज हाउस नेपालको जिज्ञासामा शाहले भने– ’अभिनय आफैं गरौं भन्ने थियो तर अरु राम्रा मान्छेहरु पनि यो क्षेत्रमा सक्रियताका साथ आउनु पर्छ भनेर गरिन । भिडियो सम्पादन गर्न चाहीँ अल्छी लाग्यो ।’

भिडियोमा सहायक निदेर्शक बनेर अशोक कठायतले साथ दिएका छन् । भिडियोमा उदीयमान मोडल दीशान्त बुढाथोकीले आरजे तथा भिजेसमेत रहेकी रक्षा बस्नेतसँग रोमान्स गरेका छन् ।

बिनोद बमले सम्पादन तथ रंग संयोजन गरेको गीतको भिडियोको पोस्ट प्रोडक्सन सांग्रिला क्रिएशनले गरेको छ । गीतको भिडियोलाई द्वारिका ढुंगाना नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतको पुरा भिडियो हेर्न यहाँ लिकं क्लिक गर्नुहोस्

  • २२ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !