पाकिस्तानको पञ्जाबमा पूर्व प्रधानमन्त्री खान पक्षधरको प्रदर्शन, करिब एक हजार पक्राउ

आजभोलि

लाहोर । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि सुरु भएको प्रदर्शनका कारण पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा करिब एक हजार व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ ।

‘प्रहरी टोलीले प्रान्तभरिबाट ९४५ ‘कानून उल्लङ्घन कर्ता र उपद्रवी’हरूलाई पक्राउ गरेको छ,’ अधिकारीहरूले सञ्चारमाध्यमलाई दिएको जानकारीमा उल्लेख गरिएको छ ।

प्राप्त जानकारी अनुसार खानलाई पक्राउ गरेपछि भएको हिंसामा १३० भन्दा बढी प्रहरी घाइते भएका छन् ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गत वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौं मुद्दामध्ये एक मुद्दामा मङ्गलबार अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको थियो ।

महिनौँ लामो राजनीतिक सङ्कटपछि उनको गिरफ्तारी भएको हो । पाकिस्तानमा शक्तिशाली भूमिका रहेको सेनाले पूर्व अन्तर्राष्ट्रिय क्रिकेटरलाई उ्नको हत्याको षडयन्त्रमा एक वरिष्ठ अधिकारीको संलग्नता रहेको आरोप लगाएको केही घण्टापछि उ्नलाई पक्राउ गरिएको हो ।

खानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका अधिकारीहरूले उनलाई पक्राउ गरेपछि समर्थकहरूलाई सडकमा आउन आग्रह गरेका थिए तर प्रहरीले चार जनाभन्दा बढी भेला हुन नपाइने आदेशलाई कडाइका साथ लागू गरिने चेतावनी दिएको छ ।

आन्दोलनका लागि पार्टीले गरेको आग्रहसँगै पीटीआई समर्थकहरूले राजधानी इस्लामाबाद, लाहोर र पेशावरसहित देशभरका शहरहरूमा भेला भएर सडक अवरुद्ध गरेका थिए ।

  • २७ बैशाख २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !