एकल आमालाई ‘बगान’ निःशुल्क देखाइने

आजभोलि

काठमाडौँ । चलचित्र ‘बगान’ निर्माण समूहले एकल आमालाई निःशुल्करुपमा चलचित्र देखाइने घोषणा गरेको छ ।

एकल आमाको कथालाई प्रस्तुत गरिएको चलचित्रका निर्देशक सरोज खनालले विवरण खुल्ने कागजात देखाएर देशभर नै निःशुल्क चलचित्र हेर्न सकिने जानकारी दिए ।

“हामीले प्रतिनिधि आमालाई सम्मान गरेका हौँ । उहाँहरूले समाजसँग लडेर सन्तानलाई सफल बनाउनु भएको योग्दानलाई चलचित्रमार्फतसमेत बुझाउदै छौँ”, निर्देशक खनालले भने, उहाँहरूले परिचय खुल्ने विवरण पेश गरेर देशभरका चलचित्र भवनमा निःशुल्क चलचित्र हेर्न पाउनु हुनेछ ।”

अभिनेत्री करिश्मा मानन्धरले उक्त सङ्घर्षलाई नजिकबाट महसुश गरेको बताइन् । “मलाई एकल आमाले नै हुर्काउनुभयो । उहाँको सङ्घर्ष र दायित्वलाई बुझेकी छु । साचै तीभन्दा माहान योद्धा अन्य छैनन्”, अभिनेत्री मानन्धरले भनिन् ।

चलचित्र ‘बगान’लाई सुरेश वाग्लेले निर्माण गरेका हुन् भने यसमा मिथिला शर्मा, नीर शाह, प्रमिला कार्कीलगायतले अभिनय गरेका छन् ।

 

  • २२ असार २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !