के सुन तस्करीमा गृहमन्त्री क्षेष्ठको संलग्नता छ त ? लाग्याे यस्तो आरोप

आजभोलि

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि सुन तस्करीमा संलग्न रहेको आरोप लगाइएको छ । राष्ट्रियसभाका सांसद गोपाल भट्टराईले करिब एक क्विन्टल सुन प्रकरणमा गृहमन्त्री क्षेष्ठ पनि संलग्न रहेको आरोप लगाएका हुन् ।

बिहीबार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महराको नामसमेत सो प्रकरणमा मुछिएको समाचार आएको टिप्पणी गरेका हुन् । सो प्रकरणमा ठूलाहरूनै संलग्न रहेकाले निष्पक्ष छानविन हुने विश्वाससमेत आफूहरूलाई नभएको सांसद भट्टराईले बताए ।

उनले भने, ‘सुन भित्र्याउँदा मोटरसाइकल र स्कुटरको ब्रेक सू भनेर भन्सार छली भएको छ । यो एक, डेढ महिना यही प्रक्रियाबाट भित्रिएको भन्ने सुनिएको छ । अब निष्पक्ष छानबिन हुन्छ भनेर विश्वास गर्ने ठाउँ छैन । यो प्रश्न राख्न चाहन्छु।’

जनताको ध्यान एकातिर मोडेर मुलुकमा सुन तस्करी गर्नेक्रम बढिरहेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकार गम्भीर नभएको उनको भनाई छ ।

  • ४ श्रावण २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !