फौजदारी मुद्दा लागेकालाई राजनीतिक मुद्दा भनेर छुट दिँदा देशको छवि बदनाम भयोः शेखर कोइराला

आजभोलि

काठमाडौं । भ्रष्टाचारमा शून्य सहनशिलता नअपनाए नेपाली कांग्रेसको औचित्य सखाप हुने नेपाली कांग्रेसका नेता शेखर कोइरालाले दाबी गरेका छन् ।

आज मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरू र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठीमा बोल्दै उनले देशमा भ्रष्टाचारले चारैतिरबाट जडा गाडेको बताए ।

जता त्यतै भ्रष्टाचार भएको देखिने भन्दै भ्रष्टाचारमा शून्य सहनशिलता अपनाउनुपर्ने उनको भनाई छ । उनले राज्यले नै दण्डहिनतालाई बढाउने प्रयास गरिराखेको तर्क गरे । उनले फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिन लागिएको भन्दै यस्ता कुराले देशको छवि अन्तर्राष्ट्रिय स्तरमा बदनाम गराउने बताए ।

उनले भूटानी शरणार्थीको कुरा गर्दा त अन्तर्राष्ट्रिय समुदायमा हामीहरूले आफ्नो अनुहार कसरी देखाउने भन्ने प्रश्न खडा भएको बताए । ‘ यो कुराहरूलाई शून्य सहनशिलताको रुप लिएर नेपाली कांग्रेस यो केन्द्रीय समितिपछि पक्कैपनि हामीहरू अगाडी बढ्छौँ भन्नेकुरा तपाईहरूको माझ राख्न चाहन्छु’, उनले भने।

  • ९ श्रावण २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !