बझाङका जिल्ला संयोजक खड्कालाई रास्वपाले गर्यो कारबाही

आजभोलि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कालाई कारवाही गरिएको छ ।

उनीमाथि जिल्लाका एक पत्रकारलाई हातपात गरेको आरोप लागेको थियो । सोही आरोप लागेपछि विवादमा आएका खड्कालाई रास्वपाले पार्टीबाट निलम्बनको कारवाही गरेको हो ।

रास्वपाको अनुशासन समितिको सिफारिसमा महामन्त्री डा। मुकुल ढकालले खड्कालाई निलम्बन गरेको जनाइएको छ । बझाङको सामुदायिक रेडियो खप्तड आवाज र नेपाल एडलक अनलाइनमा कार्यरत पत्रकारलाई घरबाटै अपहरण गराएर होटलमा लगी कुटेको आरोप लागेको थियो ।

नेपाल पत्रकार महासंघ बझाङ शाखाले विज्ञप्ति जारी गर्दै पार्टी संयोजक खड्कामाथि कारवाहीको माग गरेको थियो भने रास्वपाको अनुशासन समितिले पनि जाँचबुझ गरेको थियो ।

  • ९ श्रावण २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !