सात संस्थाद्वारा सङ्गीतकार अधिकारीविरुद्ध लगाएको प्रतिबन्ध फिर्ता लिन आग्रह

आजभोलि

काठमाडौँ । सङ्गीतसम्बद्ध सात संस्थाले सङ्गीतकार सुरेश अधिकारीविरुद्ध लगाएको प्रतिबन्ध फिर्ता लिन आग्रह गरेका छन् ।

गीतकार सङ्घ, सङ्गीतकार सङ्घ, प्रस्तोता समाज, सङ्गीत उद्योग सङ्घ, सङ्गीत तथा चलचित्र उत्पादक समाज, राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठान र रोयल्टी सङ्कलन समाजले आज संयुक्त विज्ञप्ति जारी गर्दै रोयल्टी सङ्कलन समाजका अध्यक्ष अधिकारीविरुद्ध रेडियो प्रसारकले लगाएको प्रतिबन्ध तत्काल फिर्ता लिन आग्रह गरेका हुन् ।

ती सङ्घ÷संस्थाले रेडियो प्रसारक तीन संस्थाले लगाएको उक्त प्रतिबन्धलाई ‘अन्यायपूर्ण’ भन्दै खेदसमेत प्रकट गरेका छन् । ती संस्थाले यही साउन ४ गते रेडियो ब्रोडकास्टर्स फोरम, ब्रोडकास्टिङ एसोसिएसन र सामुदायिक रेडियो प्रसारक सङ्घले जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएका छन् । प्रतिबन्धको निर्णयलाई फिर्ता नलिए स्रष्टा र कलाकारका साङ्गीतिक सिर्जनाको प्रसारण रोक्न बाध्य हुने सङ्घ÷संस्थाको भनाइ छ ।

  • ९ श्रावण २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !