‘नाङ्गो गाउँ’ मा राजनीति

आजभोलि

काठमाडौँ । चलचित्र ‘गोपी’मार्फत ‘राष्ट्रिय चलचित्र पुरस्कार’ विजेता बनेका निर्देशक दीपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्र ‘नाङ्गो गाउँ’ सार्वजनिक गरिएको छ । सार्वजनिक दृश्यमार्फत कलाकारको आवरण र कथासार देखाउने प्रयास गरिएको निर्देशक लामाले जानकारी दिए ।

“सामाजिक विषयवस्तुमा बनेको चलचित्रको सार्वजनिक दृश्यले राजनीतिलाई पृष्ठभूमि बनाएको छ । चलचित्र पूर्ण मनोरञ्जनात्मक छ”, उनले भने । लामाकै लेखन रहेको चलचित्रमा ‘एक इमान्दार शिक्षक कसरी राजनीतिज्ञ बन्छ’ भन्ने कथा प्रस्तुत गरिएको छ । चलचित्रमा दयाहाङ राई, शिशिर वाङ्देल, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, कमलमणि नेपाल, रवीन्द्र झा, वुद्धि तामाङ, विशाल पहारी, राज थापा, अङ्कित खड्का, निमा पाण्डेलगायत कलाकारले अभिनय गरेका छन् ।

जय श्रेष्ठले निर्माण गरेको चलचित्रमा हिमाल शर्मा प्रस्तुतकर्ता, रामहरि श्रेष्ठ कार्यकारी निर्माता, आलोक शुक्ला छायांकार, बनिष शाह सम्पादक हुन् ।

  • १० श्रावण २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !