खोला तर्ने क्रममा पानीको बहाव बढ्दा बस बग्यो

आजभोलि

चितवन । माडी नगरपालिका वडा नम्बर ८ र ९ को सिमानामा पर्ने घागर खोलाले बस बगाएको छ । बगहिबाट आज बिहान नारायणगढका लागि आउँदै गरेको ना४ख १९४७ नम्बरको बस खोला तर्ने क्रममा पानीको बहाव बढ्न गई अनियन्त्रित भई पल्टिएको हो ।

बिहान ११ः१० बजे घटना भएको हो । बसमा सवार चालक र सहचालकको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । उनका अनुसार खोलामा बस फसेपछि निकाल्ने क्रममा खोलाले बसलाई पल्टाएको हो । खोलाले बगाएको बस घटनास्थलमा नै रहेको उनले बताए ।

  • १० श्रावण २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !