एमाले मुख्यालयबाट निजी निवास लगियो नेम्वाङको पार्थिव शरीर

आजभोलि

काठमाडौं । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर एमाले मुख्यालयबाट उनको निजी निवास बालुवाटार लगिएको छ । हिजोदेखि नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि च्यासलस्थित पार्टी कार्यालयमा राखिएको थियो, जहाँ प्रधानमन्त्रीसहित विशिष्ट व्यक्ति तथा नेता कार्यकर्ता र शुभेच्छुले श्रद्धाञ्जली दिएका थिए ।

अब उनको शव श्रद्धाञ्जलीका लागि निवासमा राखिने र भोलि अन्तिम संस्कार गरिने छ । नेम्वाङका दुई छोरा विदेशबाट फर्किन समय लाग्ने भएका कारण भोलिमात्रै अन्तिम संस्कार गर्न लागिएको हो ।

हाल जेठा छोरा मिङ्सो नेम्वाङ युकेबाट र कान्छा छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट काठमाडौं आइसकेका छन् । उनीहरूले च्यासस्थित एमाले पार्टी कार्यालय पुगेर बुबालाई श्रद्धाञ्जली दिएका छन् ।

सरकारले भोलि राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेम्वाङको मंगलबार बिहान हृदयाघातका कारण निधन भएको थियो ।

  • २७ भाद्र २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !