स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ : स्वास्थ्यमन्त्री बस्नेत

आजभोलि

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले धेरै सुधारको काम गरेको बताएका छन् । मिर्गौलाका बिरामीलाई जुटाएको सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा आज सहभागी हुँदै उनले स्वास्थ्य क्षेत्रमा लामो समयदेखिका यथावत समस्या समाधान गर्न सफल भएको दाबी गरेका छन् ।

उनले विभिन्न बहानामा केन्द्रमा मात्र समिति चिकित्सकलाई देशका विभिन्न विकट स्थानमा खटाएको बताए । उनले चिकित्सकको दरबन्दी बढाउनका लागि मन्त्रालय लागि परेकोसमेत जानकारी दिए । “अहिले अधिकांश डाक्टर गाउँ गइसकेका छन् ”, मन्त्री बस्नेतले भने, “चार भागमा एक भागमात्र कर्मचारी छन, दरबन्दी बढाउनका लागि सरकारले बजेट व्यवस्था गरेको छ तर योबीचमा विशेष बजेटको व्यवस्था गराएर दरबन्दी बढाउने कुरामा मन्त्रालय लागि परेको छ ।”

उनले अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी सुविधासम्पन्न ठाउँमा बस्ने, गाउँ नजाने, काजमा बस्ने, भनसुनका आधारमा बस्ने र मेडिकल बोर्डको सिफारिसमा १६ वर्षसम्म काठमाडौँमै बस्ने प्रवृत्तिलाई नियन्त्रण गरेको बताए । उनले मेडिकल बोर्डलाई जथाभावी सिफारिस नगर्न निर्देशन दिएको बताए ।

मन्त्री बस्नेतले दुवै मिर्गौला पीडित भोटेकोशी गाउँपालिका–४ नारायणथानका निवासी तेम्बा छिरिङ शेर्पालाई निःशुल्क उपचारकोे व्यवस्था गर्ने मन्त्री बस्नेतले प्रतिबद्धता गरेका छन् । उनले भोटेकोशी गाउँपालिकाकै ज्ञानबहादुर श्रेष्ठको मिर्गौला प्रत्यारोपणका लागि सहयोग गर्न बताए ।

उनले भने, “तपाईहरुले मिर्गौला दिने व्यवस्था गर्नुहोस् । निःशुल्क उपचारको व्यवस्था सरकारले गर्नेछ ।” मन्त्री बस्नेतले उपचारका लागि सङ्कलन गरिएको रु १२ लाख २६ हजार बिरामीलाई हस्तान्तरण गरेका हुन् । स्वयम्भूस्थित नेपाल बुद्ध धर्म सेवा सङ्घमा आयोजना गरिएको भेलामा उनले अमेरिका, कोरिया, जापानलगायतका देशमा कार्यरत सिन्धुपाल्चोकवासीबाट सङ्कलन गरिएको रु ११ लाख ८६ हजार र स्थानीयवासीबाट सङ्कलित ४० हजार गरी जम्मा १२ लाख २६ हजार बिरामीलाई हस्तान्तरण गरेका छन् । उनले डायलासिस गराइरहनुभन्दा जति सक्दो चाँडो मिर्गौला प्रत्यारोपण गराउने राम्रो विकल्प भएको बताउँदै उनले प्रत्यारोपण गरेपछि सरल तरिकाको जीवन जिउन सकिने बताए ।

भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले स्वास्थ्य आपत्कालीन कोष खडा गरेर स्थानीयको उपचारमा सहयोग पु-याउने जानकारी दिए ।

  • ३ आश्विन २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !