तीन महिनाभित्र देखिने गरी परिवर्तन ल्याउँछौँ : मुख्यमन्त्री शाह

आजभोलि

गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सेती प्रादेशिक अस्पतालमा चिकित्सकसहित अन्य स्वास्थ्यकर्मी र भौतिक संरचनाको अभावलाई चाँडै पूर्ति गर्न प्रदेश सरकार लागिपरेको बताए ।

आज सेती प्रादेशिक अस्पतालको अनुगमन गर्दै उनले अस्पतालले प्रदान गर्दै आएको सेवा प्रवाहलाई तीन महिनाभित्र देखिने गरी परिवर्तन ल्याउने बर्ताए । मुख्यमन्त्री शाहले अस्पतालले प्रदान गर्दै आएको सेवा प्रवाह र व्यवस्थापकीय समस्या देखिएकाले तीन महिनाभित्र आवश्यक जनशक्तिसहित भौतिक पूर्वाधारमा सुधार ल्याउन प्रदेश सरकार अघि बढेको बताए ।

उहाँले बजेट अभावमा धेरै सेवा सुविधा थप्न नसकिने अवस्था भए पनि अस्पतालको स्तरोन्नति गरिने बताएका छन् । मुख्यमन्त्री शाहले अस्पतालले प्रदान गर्दै आएको सेवा प्रवाहका बारेमा जनगुनासाहरू बाहिर आइरहेकाले ती गुनासा सम्बोधन गर्न चिकित्सक तथा स्वास्थ्यकर्मी पनि जिम्मेवार हुनुपर्ने बताए ।

मुख्यमन्त्री शाहले कर्मचारीको समस्यालाई सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरेर समाधान गर्ने बताए । अनुगमनमा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, सामाजिक विकासमन्त्री झपटबहादुर साउद पनि सहभागी थिए ।

अनुगमनमा पुग्नुभएका मुख्यमन्त्रीसहित मन्त्रीलाई अस्पताल सञ्चालक समितिका अध्यक्ष निर्मल शाहले अस्पतालमा चिकित्सकसहित अन्य स्वास्थ्यकर्मी र भौतिक संरचनाको अभाव रहेको जानकारी दिए ।

  • ४ आश्विन २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !