राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ : अध्यक्ष नेपाल

आजभोलि

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा बढ्दै गएको वैदेशिक हस्तक्षेपले राष्ट्रिय हित तथा सुरक्षामा चुनौती आउन सक्ने बताएका छन् ।

पार्टी निकट राष्ट्रिय हित तथा सुरक्षा विभागले आज आयोजना गरेको राष्ट्रिय हित तथा सुरक्षा विषयक अन्तक्र्रियामा उनले देशको राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण बनाउनुपर्ने बताए ।

कुनै पनि मुलुकको दबाब र प्रभाव स्वीकार्य नहुने भन्दै उनले हस्तक्षेप न्यूनीकरण गर्न असंलग्न पञ्चशीलका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरण गर्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री नेपालले एमसिसीमार्फत अमेरिकाले नेपाललाई इन्डोप्यासिक अङ्गको रूपमा विकास गर्न केही पार्टीलाई प्रभावित गर्न खोजेको बताउँदै अनुगमन गर्दा व्याख्यात्मक टिप्पणी कार्यान्वयन नभए आफूहरूले सशक्त विरोध गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पृथ्वीनारायण शाहले राष्ट्रिय सुरक्षाका नीति बनाएर नेपाललाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रूपमा स्थापित गरेको उनको भनाइ थियो । अध्यक्ष नेपालले पृथ्वीनारायण शाहको राष्ट्रिय स्वार्थ र वैदेशिक नीतिलाई अवलम्बन गर्नुपर्ने विचार व्यक्त गरे । नेपालको भूमि कुनै पनि मित्र राष्ट्रका विरुद्ध प्रयोग हुन नदिने उनको भनाइ थियो ।

पार्टीका उपाध्यक्ष प्रमेश हमालले हस्तक्षेप न्यूनीकरण गर्न आत्मनिर्भर अर्थतन्त्रको विकास गरी विदेशबाट स्वार्थबिनाको सहयोग लिनुपर्नेमा जोड दिँदै देश र जनताका हितमा राष्ट्रिय नीति तर्जुमा गर्नुपर्ने बताए ।

विभागका प्रमुख पुष्पा कर्णले राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा संवेदनशील हुनुपर्ने भन्दै सैन्य गठबन्धन तथा सहयोग लिन नहुने बताए ।

  • ४ आश्विन २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !