एमाले बागमती प्रदेश अधिवेशनकाे बन्दसत्र आजदेखि सुरु

आजभोलि

काठमाडाैं । नेकपा एमालेको बागमती प्रदेश कमिटीको अधिवेशनको बन्दसत्र आजदेखि सुरु हुने भएको छ । प्रदेश अधिवेशनको सोमबार काठमाडौँको भृकुटीमण्डपमा उद्‌घाटन गरिएको थियो ।

प्रदेश अधिवेशनको बन्दसत्र प्रज्ञा प्रतिष्ठानको हल, कमलादीमा हुने बताइएको छ । बन्दसत्रमा हाल रहेको कमिटीका तर्फबाट राजनीतिक र सांगठनिक प्रतिवेदन पेस हुने बताइएको छ । प्रतिवेदनहरुमाथि छलफल भइ पास भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ ।

अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट १ हजार १३८ प्रतिनिधि छनोट भएर आएका छन् । सर्वसम्मत नेतृत्व चयनको अभ्यास लुम्बिनीमा सफल नभएकाले बागमतीमा समेत उम्मेदवारहरुले प्रतिस्पर्धाको तयारी गरेका छन् ।

प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्यहरु समेत आकांक्षी देखिएका छन् । अध्यक्षका लागि केन्द्रीय सदस्यहरु कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलको दाबी बलियो छ । सर्वसम्मत नेतृत्व चयनको अवस्थामा कृष्णभक्त पोखरेल, भूमि त्रिपाठी लगायतले आकांक्षा देखाएका छन् । यस्तै बागमती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठ, वर्तमान प्रदेश अध्यक्ष केशवराज पाण्डेले अध्यक्षमा दाबी कायम राखेका छन् ।

  • ९ आश्विन २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !