तिब्बतमा प्रधामन्त्री प्रचण्ड र सिपिसीका सचिव वाङबीच भेटवार्ता

आजभोलि

ल्हासा । चीनको औपचारिक भ्रमणका क्रममा ल्हासामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको स्वशासित क्षेत्र तिब्बतमा चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत पार्टी कमिटीका सचिव वाङ सियाङसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण अत्यन्त उत्साहजनक रहेको बताउँदै सचिव वाङ सियाङलाई चीन सरकारले नेपाल–चीन सम्बन्धका लागि इन्चार्जको जिम्मेवारी दिएकाले सियाङको नेतृत्वमा भएका नेपाल–चीन सम्बन्धलाई थप उचाइमा पु¥याउन महत्त्वपूर्ण योगदान पुगेको बताए । उनले नेपाल र चीनबीचका द्विपक्षीय हितका लागि हरेक क्षेत्रमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको पनि बताए ।

भेटवार्तामा सचिव सियाङले प्रधानमन्त्री प्रचण्डको चीन तथा तिब्बत भ्रमणबाट आफू धेरै खुसी भएको बताउँदै नेपालसँगको सम्बन्धलाई अझ उचाइमा पु¥याउन आफू अझ सक्रिय रहने बताए । भेटवार्तामा प्रधानमन्त्रीको भ्रमण दलमा रहेका सदस्यहरु सहभागी थिए । प्रधानमन्त्रीको सम्मानमा सचिव सियाङले आजै यहाँ रात्रिभोजको आयोजना गरेका थिए ।

  • १० आश्विन २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !