देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतिय सरकार बनाउनुस् : रवि लामिछाने

आजभोलि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा व्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अबको ४ वर्ष सदुपयोग गर्न पुराना सबै दललाई सचेत गराएका छन् ।
उनले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै सबै दलहरुलाई मिलेर सरकार चलाउन सुझाव दिएका हुन् ।

पुराना दललाई सहमतीय सरकार बनाउन अपिल गर्दै उनले आफ्नो पार्टीले प्रतिपक्षी मोर्चा सम्‍हाल्ने बताएका छन् ।

यस्तो छ लामिछानेको स्टाट्स
‘अबको ४ वर्ष तपाईंहरु सबै मिल्नूस् । देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतीय सरकार बनाउनूस् । हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं । यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाकछोप गरी प्रमाण लुकाएर,थप अपराधीहरुलाई छुटाउने बचाउने हो त्यो तपाईंहरुको जिम्मा ।’

उनले थप भनेका छन्,‘मिसन ८४ भनेर तपाईंहरुले भनेको त फिटिक्कै सुहाएन। तपाईंको लागि त मिसन ८० नै छ त, मिसन ००७ सालदेखि निरन्तर मिसन नै मिसन थियो त१ केही नभए पनि मिसन ६३ देखि त अवसर नै अवसर थियो होला। अझ मिसन ८०, मिसन ८१, मिसन ८२, मिसन ८३ छँदै छ त, यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नूस् कि हामी जस्ता नयाँ, लोकरिझ्याईं वाला, सिद्धान्त नभएका, आफ्नै शहीद नभएका दललाई पूरै असान्दर्भिक बनाइदिनूस् ।’

उनले अबको ४ वर्ष काम गरेर देखाउन चुनौती समेत दिएका छन‍् । ‘बाँकी समय काम गरेर देखाइदिनुस् आफ्नो अपार क्षमता । जनताले तपाईंहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस् ।’

४ वटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्ने बताउँदै उनले लेखेका छन्, ‘तपाईंहरुसँग ४–४ वर्ष छ । गर्नुस् निर्णय र देखाइदिनूस् हामी सबैलाई । राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर, कि तपाईंको कि हाम्रो । ४ वर्षअघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नु होला ।’

  • १२ आश्विन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !