कांग्रेसले वर्तमान सरकारको विकल्प दिन सक्दैन : ओली

आजभोलि

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले वर्तमान सरकारको बिकल्प दिन नसक्ने बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले आफुहरु अहिले सरकारमा जान नचाहेको र कांग्रेसले वर्तमान सरकारको बिकल्प दिन नसक्ने अवस्थामा रहेको बताए ।

उनले प्रमुख पार्टीहरु जिम्मेवार हुँदा भने अर्को बिकल्प हुन सक्ने धारणा राखे । ओलीले नेपालको चुच्चे नक्सा बारे प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा नउठाउनु कमजोरी भएको र राष्ट्रियताप्रति चिन्ता नदेखिएको बताए । त्यस्तै ओलीले कोशी प्रदेश मध्यावधिमा जान सक्ने अवस्था नरहेपछि गठबन्धन दलका कारण मध्यावधिमा गएको अवस्थामा एमालेले भारी मत ल्याउने दावी गरे ।

अध्यक्ष ओलीले पार्टीको प्रदेश अधिवेशनमा पार्टी अध्यक्षले भनेको कुरा नेता कार्यकर्ताले मानेनन् भन्ने गलत प्रचार भइरहेको भन्दै आफूले सके सर्वसम्मति नभए स्वस्थ प्रतिस्पर्धा गर्न सुझाव मात्रै दिएको जिकिर गरे ।

  • १२ आश्विन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !