सरकार र राहत शिक्षकबीच भयाे सहमती

आजभोलि

काठमाडौं । आन्दोलनरत राहत शिक्षक र सरकारबीचको वार्ता मिलेको छ । शुक्रबार सरकारका तर्फबाट वार्तामा सहभागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, राज्यमन्त्री प्रमिला कुमारी र राहत शिक्षक केन्द्रीय समितिका पदाधिकारीबीच सहमति भएको हो ।

संघीय संसद् सचिवालयमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघ देशभरका विद्यालयहरू बन्द गरेर आन्दोलनमा उत्रिएको थियो ।

आन्दोलन जारी रहँदा महासंघले सरकारसँग गत असोज ५ गते सहमति गरेपनि आफूहरुलाई महासंघले धोका दिएको भन्दै राहत शिक्षकहरूले पुनः आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका थिए ।

राहत, अनुदान कोटामा कार्यरत शिक्षकको सिमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिक तर्फ ७५ प्रतिशत कायम गर्ने सहमतिमा असहमति जनाउँदै राहत शिक्षकहरू आन्दोलित भएका थिए । आज भएको वार्ताबाट उनीहरुको माग पुरा गर्ने सरकारको प्रतिवद्धता आएसँगै आन्दोलनका कार्यक्रमहरु पनि स्थगित गरिएको छ ।

  • १२ आश्विन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !